सामसुङपछि ओप्पोले पनि फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै !

    ८ कार्तिक, २०७८



कार्तिक ८, काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले आउँदो महिना आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा सार्वजनिक गर्ने भएको छ ।

लामो समयदेखि चर्चामा रहेपनि कम्पनीले फोल्डेबल फोनबारे आधिकारिक जानकारी बाहिर ल्याएको थिएन । चिनियाँ टिप्स्टरले हालै दिएको जानकारीअनुसार फोल्डेबल फोन नोभेम्बरमा सार्वजनिक हुनेछ ।

लिक भएको विवरणअनुसार यो फोल्डेबल फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ८ इन्च स्क्रिन हुनेछ ।

साथै फोल्डेबल फोनमा स्न्यापड्रागन ८८८ चिपसेट हुने अनुमान गरिएको छ । त्यस्तै यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने चर्चा छ ।

यसअघि सामसुङ कम्पनीले पनि ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप२ फाइभजी सार्वजनिक गरेको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post