पाल्पामा मात्रै ३ करोड ४० लाखको धानबाली क्षति !

 कोरखबर   २६ कार्तिक, २०७८



कार्तिक २६, पाल्पा । पाल्पामा कात्तिक महिनाको पहिलो साता परेको बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बैठकले क्षतिको तथ्यांक सार्वजनिक गर्दै ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाइएको बालीमध्ये उक्त रकम बराबरको क्षति पुगेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार १ हजार २ सय ७६ जना किसानले क्षति बेहोरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १३ हजार ९ सय २१ क्विन्टल धान नोक्सानी भएको छ । सबैभन्दा धेरै तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ ।

समितिले किसानको क्षतिको विवरण गृह मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयमा पठाएको छ ।

जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानका अनुसार कतिपय स्थानमा काटिसकिएको धान बगाएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post