'अमेरिकन आइडल’को उत्कृष्ट ७ मा पुगे दिवेश पोखरेल

 कोरखबर   २० बैशाख, २०७८



२० बैशाख,काठमाडौं । अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन् ।

दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए ।

दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० मा परेका थिए । यो वर्ष आयोजक टिमले अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धीलाई टिममा पार्ने निर्णय लिएको थियो ।

आइतबारको प्रतिष्पर्धामा १० जनाले सहभागिता जनाए पनि त्यसबाट तीन जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा परेका हुन् । दिवेशले आफूलाई थप भोट दिन आव्हानसमेत गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post