लोकप्रिय बन्दै कृष्ण राई 'बिन्दास' को “मकै पिस्ने घट्ट” (भिडियो सहित)

 कोरखबर   ३० चैत, २०७७



 

चैत ३०, काठमान्डौ । प्रवासमा रहेरपनि नेपाली गित संगितलाई माया गर्दै आएका सर्जक कृष्ण राई बिन्दासले बजारमा ल्याएको लोक गित “मकै पिस्ने घट्ट” लोकप्रियताको सिँढि चढिरहेको छ । महिना दिन अघि बजारमा आएको यो गितलाई स्रोताले क्रमिक रुपमा रुचाईरहेका छन् ।

सर्जक राईको शब्द रहेको “मकै पिस्ने घट्ट” बोलको गितमा लोकप्रिय गायक मान सिंह खड्का र सुमन थापा मगरले स्वर भरेका छन् । मानसिंह खड्काकै लयमा तयार पारिएको यो गितलाई कृष्ण राई बिन्दास र मान सिंह खड्काले संयुक्त रुपमा प्रस्तुत गरेका हुन् ।

मान सिंह खड्काको अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको गितको भिडियोलाई पनि रुचाईएको छ । भिडियोमा अर्जुन खड्का, मान सिंह खड्का, सुनिता बुढा र अमृता लामिछानेले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशनमा तयार भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन भने राजकुमार मगरले उत्कृष्ट सम्पादन गरेका छन् ।

सिन्धुली घर भएका सर्जक राई यतिबेला प्रवासी जिवन विताईरहेका छन् । गित संगितमा रुची राख्ने राईले यसअघिपनि स्रोता तथा दर्शकहरुका माझमा विभिन्न सिर्जनाहरु प्रस्तुत गरिसकेका छन् ।

प्रवासमै रहदा सर्जक राईले प्रस्तुत गरेका मायाको दिप जलाई, लोकचारे माया,आसुको उपहार, छोड्छु सन्सार, मरे म त लगाएतका आधा दर्जनबढी सिर्जनाहरु दर्शक स्रोताका माझ लोकप्रिय छन् । प्रस्तुत गरिसकेका सर्जक राईले गितसंगितलाई आँफुले व्यवसायको रुपमा नलिएको बताउँछन् । 

आफ्नो रुची र गित संगितको संरक्षण,संवद्र्धनका निम्ति यो क्षेत्रमा लागेको बताउने राईको अर्को नयाँ गित पनि  छिटटै् बजारमा आउँदैछ। 

“मकै पिस्ने घट्ट” (भिडियो) 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post