कोरोनामा विताएका पल

 समिर न्यौपाने   १३ बैशाख, २०७८



काठमाडौं । विश्वमा कोभिड–१९ वा कोरोना नयाँ प्रकारको संक्रमण हो । सन् २०२० को ५ जनवरीमा चीनको उहान शहरमा कोभिड १९ को असर देखा परेको बताइएको थियो ।   सामुद्रिक जीवको सेवनबाट फैलिएको सो रोग करोडौं मानिसमा संक्रमण हुनासाथ नेपालमा यसको प्रभाव न्यून गर्न लकडाउन गरियो पनि ।

लकडाउन हुनु सामान्य कुरा होइन विश्वभरी महामारी फैंलदो क्रममा संक्रमणलाई ध्यानमा राखि सचेतता उठाउनै प¥थ्यो ।

हाल सम्म विश्वभर तीस लाखको संख्यामा हताहति भएको अनुमान गरिएको छ भने नेपालमा ३ हजारको संख्यामा मृत्यु भएको छ ।

तर लाखौं मानिस बेरोजगारी हुनु, घर भाडाको समस्या, चिनेजाने मानिसको पहिचानबाट भयको कारण सम्बन्ध टाढा हुनु असामान्य कुरा हो । अनि असामाजिक भई एकान्त ठाँउमा थोरै खाना लिनु वा भन्नुपर्दा थोरै मूल्यमा जीवनयापन गर्दै आफ्नो बोली सुस्त राख्नु त्यसै पनि झिन्झिनाहट नै हो । 

अनिवार्य मास्कको व्यवस्था हुनुपर्ने, भिडभाडबाट टाढा रहनु पर्ने, सवारी साधन चढ्दा सजगता अपनाउनु पर्ने, मध्यपान गर्न नहुने, व्यक्ति व्यक्ति बीच आवश्यक दुरी अपनाउनु पर्ने, स्यानीटायजरको प्रयोग गर्नु पर्ने र केही कुरा खानु अघि साबुन पानीले हात धुनु पर्ने कुरालाई नकार्न हुँदैन ।

एकै ठाउँमा बसिन्छ त्यसो त धेरै समय एकै ठाउँमा कोचिँदा पनि शरिरलाई आलश्यता लाग्दैन । आलश्यता अरु दिनमा सुत्दा उठ्न नमान्ने काम गर्न हतोत्साहित नहुने हो । 

कोरोनाको कारण शरिर गठिलो भएको छ । व्यायामको कारण । वरिपरि घुम्ने, उठ् बस् गर्ने, हिड्नु, पाखुराको चाल बद्ल्नु, टाउको घुमाउनु, आँखा तन्काउनु, योगा गर्नु, भित्तामा दौडनु, डिप्स गर्नु, तातोपानी खानु, तेल दल्नु, लसुन अदुवा पानी खानु के गरिएन यस समयमा ।

तर आजको दिन सम्म मानिस मानिस बीच हुने सम्पर्क औधी कम रहेको छ मानौं लकडाउन भए यताको समयसम्म नजिक पन छँदै छैन । आत्मियता त छ तर भौतिक दुरी अपनाएको नै छु । मानिस मानिस बीच हुने बोलीचाली र सम्बन्ध हराएको छ ।

खर्चको जोहो एक अर्को कारण बन्दो रहेछ । जीवन जीउन अर्थको प्रभाव हुनै पर्ने रहेछ । लकडाउनमा चर्को सास्ती भोग्नु प¥र्यो भाडाका कारण । खानाका कारण । महशुलका कारण त्यती पैसा नभई दिँदा मरुला जस्तो हुने रैछ ।

पैसाको चाँजो पाँजो गर्न गुहारियो आफन्त कहाँ बल्ल बल्ल थोरै थोरै पाएपछि केही समयको लागि सामसुम भइयो । त्यसो त दोकान बन्द भएपछि के को आशा । मर्ने बेलामा हरियो काक्रो जस्तो भइयो । समाचार सुन्न टिभी नखोल्नु भनिएको थियो । मोबाइल, टिभीमा कोरोनाको प्रभाव । हरेक वस्तुमा कोरोना गीता पाठ गरेर बसियो । महाभारत पढियो । शरिर र आत्माको ज्ञान पाइयो । भगवान कृष्ण र विष्णुको अनुयायी बनियो । अलि धार्मिक हुन थालिएछ । पाँच इन्द्रियको धनी बनिँयो ।

त्यसो त यस मौसममा कोही कतै मानिस नपाइँदा टोपी, ओड्ने, रुमाल, मण्डी केकेको सहारा लिइएन बाच्नलाई गाह्रो भयो । त्यसो त कसरत पनि जारी थियो । काँही कतै मोबाइलमा हिन्दी चलचित्रको साहारा लिइन्थ्यो गाह्रो परेको बेलामा त कहिले संगित । पुराना नेपाली लय पनि भावुकता झल्काउने प्रतिविम्व वनेका थिए । अर्को जुनी फेरिएको जस्तो भयो ।

अचेल मष्तिस्कमा  धेरै अन्य कुरा खेल्दैन काममा अवरोध हुँदैन । हरेक काम सजगताका साथ लिने गरिन्छ । पढाईमा ध्यान गर्दा अरु काहिँ नहराई अक्षर र त्यसका भावांशमै मन जकडिन्छ । मनलाई एकै ठाउँमा राख्न आँफै सजग हुनु पर्ने रहेछ कारोनाको दौरानमा औषधी नभएपछि जनै ,डोराको समेत साहारा लिइयो ।

बिचार गर्दा कोरोना त एक रोग हो तर मानिस मानिस बीच झैझडा पनि हुने गर्दो रहेछ । जो एक्लो पर्दो रहेछ बिचरा त्यसलाई कोरोनाको संज्ञा दिइँदो रहेछ जानी नजानी मानिसमा मानसिक भय र त्रास ।

मानिस मानिसबीच कोरोनाको प्रभाव कम ज्यादा नहुनु पर्ने हो ।

अन्तमा महामारीको संकटमा आफैं सुरक्षित रहुन पर्ने र अरुलाई जथाभावि दोष लगाउनु द्वेष आत्माको चरित्र हो भन्दा असहज नपर्ला ।
 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post