छविलालको स्खलन...............!

 शुशिल गौतम   १६ पौष, २०७७



  • पुष १७,काठमान्डौ 

‘प्रचण्ड भन्ने छँदै छैन । राजा ज्ञानेन्द्र नै प्रचण्ड हो’ भन्ने गाईंगुईं सुनिन्थ्यो त्यो बेला । कुनै कुनै पत्रिकाले प्रचण्डको ‘स्केच’ राखेर समाचार दिन्थे त कुनैले फोटो नै प्रकाशित गर्थे । प्रचण्ड भन्ने व्यक्ति साँच्चै छन् कि छैनन् भन्ने यकिन थिएन । चित्र बनाउने रुची थियो । त्यो बेला फेला परेको प्रचण्डको फोटो हेरेर बनाएको चित्र हो यो ।

‘प्रचण्ड’ शान्तिपूर्ण राजनितिमा आएपछि नेपाली राजनितिको प्रमुख आकर्षण थिए । पहिलो पटक सार्वजनिक हुँदा उनले र बाबुराम भट्टराईले लगाएको कपडाको चर्चा नेपाली मिडियामा राम्रै छाएको थियो । नेपाली राजनितिका प्रमुख खेलाडीको रुपमा ‘प्रचण्ड’ देखा परेका थिए । कतिसम्म भने स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई अस्पतालमा भेट्न जाँदा प्रचण्डको हात समातेर गिरिजाप्रसाद कोइरालाले ‘यो देश बिगार्ने कि सपार्ने अब तपाईंकै हातमा छ’ भनेको रे भनेर समेत पढ्न पाइयो।

‘प्रचण्ड’ जस्तै रुपरंग बनाएर १० बर्षमा नेपाल यस्तो हुनेछ भनेर मनोज गजुरेलले बनाएको कमेडी भिडियोमा जस्तै ‘नेपाल बन्ने पो हो कि’ भन्ने आशा यत्रतत्र थियो । मैले चिनेजानेका थुप्रै थिए अब जे गर्छन् प्रचण्डले नै केही गर्छन् भनेर विश्वास गर्नेहरु ।

त्यहि समयमा हो मैले युगद्रष्टा गुरुलाई सोधेको– देशै माओवादीमय भएको छ । खास के भएको हो सर ?

गुरुले सरल रुपमा उत्तर दिनुभयो– फेसन हो ह्वात्तै बढ्छ, स्वात्तै घट्छ ।

दश बर्षे सशस्त्र द्वन्द्वको क्रममा १७ हजारको बलि चढाएर शान्तिपूर्ण राजनितिमा आउन माओवादीको चुनबाङ महत्वपुर्ण रहेको थियो । रहस्यमयी छवि बनाएका प्रचण्डलाई उक्त बैठकले सार्वजनिक हुने राजनितिक वातावरण सिर्जना गरेको थियो ।

प्रचण्ड मुलुकको कार्यकारी बने । प्रधानसेनापतिलाई कारवाही गरेर द्वन्द्व सुरु गर्नुअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका ४० बुँदे मागको एक–एक बुँदा आफै पुरा गर्दै जालान् कि भनेको त प्रधानसेनापतिलाई कारवाही गर्ने क्रममा आफै सत्ताच्युत भए । त्यसपछि जान–अन्जानमा बनेको उनको चामत्कारिक छवि ओरालो लाग्यो । कुनै समय उनको कमिजको चर्चा हुने पत्रपत्रिकामा उनलाई ‘ड्यास माओवादी’ कि ‘क्यास माओवादी’ कित्तामा राख्न थाले ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार ढल्ने अवस्था आएपछि उनको छविमा झनै गिरावट आयो । कुनै समय कायरले मात्र ओलीसंग एकता गर्छन् भन्ने उनको बोली केपी ओलीसंगै पार्टी एकता गरेपछि –यिनको बोलीको केही भर रहेनछ भन्ने धेरैलाई स्पष्ट भयो ।

कुनै बेला रुकुमको चुनबाङ निकै प्रसिद्ध नाम बनेको थियो । माओवादीको चुनबाङ बैठकले माओवादी द्वन्द्वलाई १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन, संविधानसभाको चुनाव हुँदै गणतन्त्र घोषणा गर्ने रोडम्याप बनाएको थियो । दश बर्षे सशस्त्र द्वन्द्वको क्रममा १७ हजारको बलि चढाएर शान्तिपूर्ण राजनितिमा आउन माओवादीको चुनबाङ महत्वपुर्ण रहेको थियो । रहस्यमयी छवि बनाएका प्रचण्डलाई उक्त बैठकले सार्वजनिक हुने राजनितिक वातावरण सिर्जना गरेको थियो ।

 लेखक शुशिल गौतम

कुनै बेला फरक विचार राख्नेलाई भात खाँदाखाँदै थुतेर मार्ने प्रचण्ड आज हाम्रो पनि विचार सुनिदेउ भनेर नारावाजी गरिरहनु परेको छ । उनको नारावाजीको प्रभावले वा सर्वोच्च अदालतको निर्णयले हद्द भए संसद पुनर्स्थापना होला  ।

केही दिन अगाडी मात्र लुम्बिनी प्रदेशमा जरोकिलो सत्संग सकेर फर्कियौं । रुकुमको चुनबाङमै रहेका शिक्षकहरुसंग सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको बारेमा सत्संग गर्यौं । चुनबाङमा सत्संग गरेर काठमाडौँ आई नपुग्दै प्रचण्ड सडकमा आइपुग्नुपर्ने वातावरण बनिसकेको रहेछ ।
सर्वाहारा वर्गको अधिनायकत्व स्थापित गर्ने भन्दै १७ हजारको बलि चढाएर स्थापित शक्तिको कुनै खेमा जंगलमै छ, कुनै खेमा बहुराष्ट्रिय राज्य भन्दै मुलुकलाई टुक्रा टुक्रा पार्न लागिपरेको छ भने एउटा शक्ति ‘हामी यहाँ छौ’ भन्दै सडकमा थचक्क बसेर केपी ओली अधिनायकवादतिर लम्किए भनेर गुनासो गरिरहेका छ । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई ‘अधिनायकवादी’ भयो भनेर आरोप लगाउनु भन्दा ठुलो हाँस्यास्पद नाटक अरु के हुनसक्ला ?

कुरा ‘प्रचण्ड ठिक कि ओली’, ‘कांग्रेस ठिक कि राप्रपा’ भन्ने होइन । यी सबै उही ‘मुलाका सिन्की उही मुलाका चाना’ हुन् । गतार्थ भइसकेका आयातित मताग्रह भजाएर नेपाली जनतालाई मानसिक गुलाम बनाउने दिन गए अब । ढिलो चाँडो मौलिकतामा आधारित राज्यव्यवस्थामा नगई सुखै छैन ।

कुनै बेला फरक विचार राख्नेलाई भात खाँदाखाँदै थुतेर मार्ने प्रचण्ड आज हाम्रो पनि विचार सुनिदेउ भनेर नारावाजी गरिरहनु परेको छ । उनको नारावाजीको प्रभावले वा सर्वोच्च अदालतको निर्णयले हद्द भए संसद पुनर्स्थापना होला  । त्यसपछि यिनै प्रचण्ड, ओली, देउवा, पौडेल, भट्टराई मध्ये कुनै एक प्रधानमन्त्री बन्नेछन् । अहिलेसम्म त्यस्तो के गरेका छन् र अब केही गर्लान् भन्ने आशा गर्नु ? रहस्यमयी छवि बनेका प्रचण्ड प्रधानमन्त्री बन्दा त केही गर्न सकेनन् भने अचेल पटक पटक हाँसोको पात्र बनिसकेका प्रचण्ड पदमा पुगे केही गर्लान् भन्ने आशा अझै कसैमा छ र?

कुरा ‘प्रचण्ड ठिक कि ओली’, ‘कांग्रेस ठिक कि राप्रपा’ भन्ने होइन । यी सबै उही ‘मुलाका सिन्की उही मुलाका चाना’ हुन् । गतार्थ भइसकेका आयातित मताग्रह भजाएर नेपाली जनतालाई मानसिक गुलाम बनाउने दिन गए अब । ढिलो चाँडो मौलिकतामा आधारित राज्यव्यवस्थामा नगई सुखै छैन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post