आजको मौसम : दिउँसो चर्को घाम ,साँझदेखि धेरै ठाउँमा पानी पर्ने !

 कोरखबर   ७ भदौ, २०७७



काठमाण्डौ- आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि  देशका  धेरै ठाउँमा पानी पर्नेछ ।

प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ । न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post