बाबुरामको सटिक प्रहार :भने– कुपुत्र-कुपुत्रीले घरमै आगो लगाए !

 कोरखबर   १९ पौष, २०७७



पुस १९,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटन गर्नेलाई कुपुत्र-कुपुत्रीको संज्ञा दिएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले घरमा आगो लगाएको भन्दै त्यो आगो निभाउन सबैलाई आग्रह गरेका छन्।

‘एक आर्किटेक्टको अनुभूति: जिन्दगीभरको मेहनतले 'संघीय लोकतान्त्रिक गणतन्त्र’ को घर बनाइयो, सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो,’ उनले ट्विटरमा लेखेका छन्, ‘केही कुपुत्र-कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन्। छिमेकी रमिते ! लौन आगो निभाऊॅ !’

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post