पठाओको कार्यालयमा तोडफोड, केहि युवा पक्राउ !

 कोरखबर   १३ पौष, २०७७



पुस १३,काठमाडौं । राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् । 



 प्रतिक्रिया


 थप


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post