म बन्द कोठाभित्र थुनिएको छु : प्रमोद खरेल (कविता)

 कोर खबर   १० भदौ, २०७७



काठमाडौं – कोरोना भाईरसको संक्रमण बढेसंगै सरकारले घोषणा गरेको लकडाउनका बेला नेपालका धेरै सेलीब्रेटी फुर्सदिला बने । गायक प्रमोद खरेल पनि लकडाउनका कारण घरमै सीमित रहे । सामान्य परिस्थिती भएको भए गाएक प्रमोदले यतिवेला एकपछि अर्को स्टेज प्रस्तुति दिईरहेका हुन्थे । तर, लकडाउनका कारण उनी घरमै‍ छन् । उनले यो परिवेशलाई कवितामार्फत प्रस्तुत गरेका छन् ।

लोकप्रिय गायक प्रमोदले घरमै रहेको समयमा आँफुले कोरेको कविता सार्वजनिक गरेका छन् । उनले कवितामा सत्ताका लागि हुने लुछाचुँडीप्रति व्यङ्ग्य गरेका छन् ।

उनको कवितामा देशको अवस्था र चिन्तित नागरिकलाई चित्रण गरिएको पाईन्छ । 

यस्तो छ गायक प्रमोदको कविता

म बन्द कोठाभित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु 
न मलाइ केहि थाहा छ, न केहि जान्दछु....
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु...
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु‘
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु....



 प्रतिक्रिया


 थप


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post