पृथ्वीमै बन्दैछ विशाल सूर्य

 कोर खबर   २१ सावन, २०७७



जसरी विश्व निरन्तर विकासको लक्ष्यतर्फ अगाडि बढिरहेको छ, नयाँ प्रविधिलाई ल्याउने नयाँ–नयाँ सफलता प्राप्त हुदै गएको छ । हाल विश्वले उर्जाको आवस्यकता पूर्तिका लागि कोइला र केही हदसम्म सौर्य र वायु उर्जाको प्रयोग गर्दैै आएको छ । तर यी उर्जामाथिको निर्भरता कम गर्न र पहिले भन्दा धेरै स्वच्छ उर्जा उत्पादन गर्ने लक्ष्यका लागि ३५ देश हाल एकै ठाउमा आएका छन् । फ्रान्समा इन्टरनेशनल थर्मोन्यूक्लियर फ्यूजन एक्सपेरिमेन्टल रियाक्टर (आईटीईआर) टोकाम्याक बनाइदै छ । यसको लक्ष्य भनेको भविष्यमा विश्वव्यापी उर्जा स्रोतको रुपमा न्यूक्लियर फ्यूजनको उपयोग गर्न सकिन्छ वा सकिन्न भन्ने पत्ता लगउने रहेको छ । यसको सम्मेलन गत मंगलबार फ्रान्समा सुरु भइसकेको छ । यसमा आईटीईआरका सदस्य राष्ट्रहरु सहभागी भएका थिए ।

किन गरिदैछ यो परीक्षण ?

यो यस्तो मोडल हो जुन सफल भयो भने व्यापारिक प्रयोजनको उर्जा उपलव्ध गराउनका लागि यो रियाक्टरलाई छोटकरी रुपमा बनाउन सकिन्छ वा सकिदैन भन्ने पत्ता लगाउन सकिन्छ । आईटीईआरको ल्याटिन भाषामा अर्थ बाटो हो र यो परीक्षणबाट उत्तम उर्जाका लागि नयाँ बाटो तयार गरिदैछ । टोकाम्याक यस्तो संयन्त्र हो जुन म्याग्नेटिक क्षेत्रको सहयोगबाट न्यूक्लियर फ्यूजन सिर्जना गर्न सक्छ । पारम्परिक तरिकाको स्थानमा फ्यूजन रियाक्सनलाई उर्जा उत्पादनका लागि प्रयोग गर्न सकिन्छ वा सकिन्न यसैलाई लिएर आईटीईआरले यो परीक्षण गरिरहेको छ । खास कुरो के छ भने यो न्यूक्लियर रियाक्सन तारामा हुन्छ भने एक किसिमले आईटीईआर पृथ्वीमै तारा बनाउन गइरहेको छ ।

के हो न्यूक्लियर फ्यूजन रियाक्सन ?
न्यूक्लियर फ्यूजन रियाक्सनबाट १५ करोड डिग्री सेल्सियसको तापमान उत्पन्न हुन्छ । यसबाट यस्तो प्लाज्मा उत्पन्न हुन्छ, जसमा हाइड्रोजनको आइसोटोप्स आपसमा फ्यूज भएर हिलियम र न्यूट्रोन बनाउछ । सुरुमा रियाक्सनबाट ताप उत्पन्न हुन्छ । यसका लागि उर्जाको खपत हुन्छ । तर एक पटक रियाक्सन सुरु भएपछि फेरी रियाक्सनका कारण उर्जा उत्पन्न हुन थाल्छ । आईटीईआर पहिलो यस्तो रियाक्टर हो जसको उद्देश्य न्यूक्लियर फ्यूजन रियाक्सन सुरु हुन जति उर्जाको प्रयोग हुन्छ उत्तीनै उर्जाको रियाक्सनको कारण पछि उत्पादनको रुपमा निक्लिन्छ ।


किन राम्रो हो फ्यूजन रियाक्सन उर्जा ?
पारम्परिक इन्धन र अक्षय उर्जाको स्रोतका अलावा हाल पनि विश्वमा कयौ न्यूक्लियर फ्यूजन रियाक्टर्सले काम गरिरहेका छन् । तर यसका नकारात्मक पक्ष भनेको चुहावट र रियक्टिभ वेस्टको हो । फ्यूजन रियाक्टमा वेस्ट अत्यन्त कम हुन्छ र यो रियाक्सन आपैmमा यती मुश्किल हुन्छ कि यसबाट चुहावट हुने सम्भावना अत्यन्त कम हुन्छ ।कोइला जस्तो इन्धनको सीमित मात्रा मात्रै पृथ्वीमा बाँकि रहेको छ । यसका कारण कार्बन उत्सर्जन, जलवायु परिवर्तन र ग्लोबल वार्मिङ हुने गरेको छ । 

किन महत्वपूर्ण छ आईटीईआर ?

आईटीईआरमा एकिकृत प्रविधि तथा सामग्रीको परीक्षण गरिने छ । यसको प्रयोग फ्यूजनमा आधारित बिजुलीको व्यापारिक उत्पादनका लागि गरिने छ । ठूलो तहमा यदी कार्बन मुक्त स्रोतको रुपमा परीक्षण सफल भयो भने भविष्यमा स्वच्छ उर्जाको क्षेत्रमा विश्वलाई अभूतपूर्व लाभ मिल्ने छ । पहिलो पटक १९८५ मा यसको परीक्षण बिचार लन्च गरिएको थियो ।

आईटीईआरको ढाँचा बनाउन यसका सदस्य देशहरु चीन, युरोपेली संघ, भारत, जापान, कोरिया, रुस लगातयका हजारौ इन्जिनियर र बैज्ञानिकले महत्वपूर्ण भूमिका निभाएका थिए । – एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post