काठमाडौं, २५ जेष्ठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पाँचाैं सफलता हात पारेको छ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९.३ ओभरमा फिनले म्याकक्रियाथलाई १७ रनमा आफ्नै बलमा आफैंले क्याच आउट गराएका हुन् । त्यसलगत्तै ३१.६ ओभरमा उनले म्याथु क्रसलाई पनि ३ रनमै पवेलियन फर्काए ।

यसअघि ललितनारायण राजवंशीले नेपालका लागि महँगो सावित भएका चार्ली टियरलाई बोल्ड आउट गरेका थिए । उनले २२.५ ओभरमा टियरलाई बोल्ड गरेका हुन्। ५.४ ओभरमा २५ रन बनाउँदा २ विकेट गुमाएको स्कटल्यान्डले तेस्रो विकेटको लागि ९३ रनको साझेदारी गर्‍यो। उनले ६५ बलमा ९ चाैकासहित ६८ रन बनाए।