काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ।
आइतबार अख्तियार सूचना जारी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो ।
नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आइतबार उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ।अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ ।
यस प्रकरणमा पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइने

------------ ट्रेन्डिङ ------------
आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
काठमाडौँ — सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले प्रतियोगितामा...
जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित
काठमाडौं, ९ वैशाख। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् । ‘साथसाथै’...
द्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो
२१ वैशाख, काठमाडौं । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन...




------------ प्रतिक्रिया दिनुहोस् ------------