काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा जनमत पार्टीले राष्ट्रिय पोसाक दिवसलाई विशेष कार्यक्रमका साथ मनाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू धोती पहिरिएर उपस्थित भई सांस्कृतिक समानता र आपसी सम्मानको सन्देश दिएका थिए।
मधेसी समुदायमाथि पहाडी समुदायबाट हुने भनिएको दुर्व्यवहारको विरोधस्वरूप अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर कार्यक्रम आयोजना गरिएको जनमत पार्टीले जनाएको छ। धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनीहरूले दुवै पोसाकको सम्मान आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा सहभागीहरूले “तराई–पहाड एक हौँ” भन्ने नारासमेत लगाएका थिए। सांस्कृतिक विविधतामार्फत राष्ट्रिय एकता मजबुत बनाउनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको पार्टीको भनाइ छ।







------------ प्रतिक्रिया दिनुहोस् ------------