कोभिडको नक्कली रिपोर्ट दिने कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ

 कोरखबर   १९ माघ, २०७८



माघ १९, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले कोभिड-१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कान्तिपुर अस्पतालको सामग्री र केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मंगलबार तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट सामग्री र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्पतालले वैदेशिक रोजगार जानेहरूको नक्कली रिपोर्ट उपलब्ध बनाएर दिएको उजुरी परेको थियो । प्रहरीले प्रयोगशालाको मेसिन र केही मानिसलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ।

म्यानपावर एजेन्सीले कान्तिपुर अस्पतालमै वैदेशिक रोजगारमा जानेलाई परीक्षण गर्न पठाउने गरेको थियो । कतिपय एजेन्सीको एजेन्टहरू स्वयम अस्पतालमा उपस्थित भइ रिपोर्ट बनाएर दिने प्रहरीमा उजुरी पर्ने गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post