असोज १८, काठमाडौं । एनएमबि बैंकको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको छ ।
बैंकले शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको उक्त शेयर विक्रीका लागि सोमवार ३५ दिने सुचना जारी गरेको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।