यि महिला, जसले ६० हजार दिएर आफ्नै श्रीमान्‌को हत्या गर्न लगाईन् !

 कोरखबर   ५ असोज, २०७८



असोज ५, सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो ।

उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् । गत १९ भदौमा दुखरणको शव फेला परेको थियो । धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो । —न्युज कारखानाबाट



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post