सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

 कोरखबर   २८ सावन, २०७८



साउन २८, काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि भाउमा फेरबदल भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post