टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने ,विद्युतीय सवारीको अन्तशुल्क खारेज

 कोरखबर   १५ जेठ, २०७८



जेष्ठ १५, काठमाडौं । सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने बताएका हुन् ।

सरकारको स्वामित्व कम गर्ने उद्देश्यले टेलिकमका ग्राहकलाई थप सेयर हस्तान्तरणगर्न लागि अर्थमन्त्री विष्णु पौडेलले बताए ।

विद्युतीय सवारीको अन्तशुल्क खारेज, भन्सार शुल्क घट्यो

विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्त शुल्क खारेज भएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनसार अन्तशुल्क खारेजीसँगै विद्युतीय सवारीसाधनको आयातमा लाग्ने भन्सार शुल्क समेत घटाइनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post