ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ !

 कोरखबर   ११ फागुन, २०७७



फागुन ११, गुल्मी । गुल्मीमा  केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले उनकी बुहारीलाई पक्राउ गरेको छ । 

फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक  धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी  बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको  जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी  दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट भेटिएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post