भागरथी हत्या प्रकरणः आरोपी दिनेशमाथि अनुसन्धानका लागि ५ दिन म्याद थप !

 कोरखबर   १० फागुन, २०७७



१० फाल्गुन, बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत बैतडीले सोमबार अनुसन्धानका लागि थप ५ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यसअघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीय दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकोले थप ५ दिनको लागि अनुमति लिइएको हो ।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशकाविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा किटानी जाहेरी दिनुभएको थियो । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीको अनुसन्धानले घटनामा दिनेशको संलग्नता रहेको बिवरण गत बुधबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । उनी नातामा दिदीभाइ पर्ने हुन् ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको बताए पनि बिहीबार सरकारी वकिल समक्ष दिनेशका बुवा समेत राखेर लिइएको बयानमा बलात्कारसमेत गरेको स्वीकारेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post