४१ हजार बढि कोरोना संक्रमितले पाए बिमा रकम !

 कोरखबर   १० फागुन, २०७७


फागुन १०, काठमान्डौ । कोरोना बीमा गरेका नेपालका ४१ हजार बढी बीमितले बीमा बराबरको रकम भुक्तानी पाएका छन् ।

बीमा समितिबाटले सार्वजनिक गरेको विवरण अनुसार देशैभरका ४१ हजार २ सय ६१ जना बीमितलाई ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

देशैभरबाट हाल सम्ममा बिमा रकम भुक्तानीका लागि ७७ हजार १२८ वटा दाबी परेको पनि बीमा समितिले जनाएको छ । तर दाबी परेका मध्ये तीन हजार ५७५ वटा फाइलभने आवश्यक कागजात नपुगेका कारण कम्पनीमा नै फिर्ता भएका छन् ।

अब ५ हजार १३ दाबीका फाइलहरु स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post