झारझुरे पाराले भएन, टाउकोमै हान्नुपर्ने स्थिति आयो : प्रचण्ड

 कोरखबर   १२ माघ, २०७७



माघ १२,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ २८ गते यसअघिको भन्दापनि विशाल विरोध सभा गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमवार प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा विघटनमार्फत भएको प्रतिगमनलाई हरहालतमा परास्त गर्न अझ ठूलो संघर्ष आवश्यक रहेको बताए ।

‘हामीले के सोचेका थियौँ हिजो बिहानसम्म भने प्रदेश २ को जनकपुरमा विशाल सभा आयोजना गर्ने । जनकपुरमा त गर्दै गरौँला जनकपुरमा भन्दा अगाडि काठमाडौंमा अस्तिको भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने आवश्यकता महशुस भयो,’ प्रचण्डले भने, ‘टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि !’

प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा सभा आयोजना गर्ने निर्णय गरेको छ । सो सभामा मधेशका नेताहरूलाई पनि सम्बोधन गर्न दिइने प्रचण्डले बताए ।

‘अस्ति १० हजारभन्दा १३ हजार आउनुभयो, अब २५ हजार जना प्रदेश २ बाट आउनुपर्‍यो काठमाडौं । हामीले २५ हजार भनेपछि ३० हजार आउनुहुन्छ, त्यो तपाईंहरूको विशेषता हो । त्यो संघर्ष निर्णायक संघर्ष हुन्छ ,’ प्रचण्डले भने । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post