परराष्ट्रमन्त्री विहिबार भारत जाँदै, ३ गते मात्रै फर्किने !

 कोरखबर   २९ पौष, २०७७



काठमाडौं, पुस २९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणको लागि विहिबार त्यसतर्फ जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा भारतका लागि नेपालका राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्चस्तरीय सरकारी अधिकारी सहभागी रहनेछन् । उक्त टोली माघ ३ गते नेपाल फर्किने छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post