कोरोना सङ्क्रमण भएका कर्मचारीलाई छुट्टै बिदाको व्यवस्था !

  कोरखबर   २८ पौष, २०७७



पुस २८, काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ ।  मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ ।

परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ ।

यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ । यस्तै कार्यालयमा कसैलाई कोरोना सङ्क्रमण भएमा संक्रमण भएका र सरकारी मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका बाहेक अरुले सेवालाई निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post