माग भन्दा बढि आवेदन परेपछि चन्द्रागिरीको आइपिओ आजदेखि बन्द !

 कोरखबर   २८ पौष, २०७७



पुस २८, काठमाडौं । चन्द्रागिरी हिल्सले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा १५ गुणा बढिको आवदेन परेपछि मंगलबारदेखि बिक्री बन्द गर्ने भएको छ।

कम्पनीले छिटोको अधविमा आजसम्म निष्काशन गर्ने कार्यतालिका बनाएको थियो। निष्काशनको तीन कार्यदिनमै ११ लाखभन्दा धेरै लगानीकर्ताले २ करोड १० लाखभन्दा धेरै कित्ताको लागि आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको कित्तामध्येबाट न्युनतम १० कित्ताले बाँडफाँड हुँदा पनि जम्मा एक लाख ३९ हजारले मात्रै शेयर पाउन सक्छन्। तर कम्पनीमा ११ लाख भन्दा धेरैको आवेदन परेकाले सुपर लक्की ड्र हुने भएको छ।

कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। कम्पनीले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेर बाँडफाँड गरिसकेको छ। प्रभावितले अधिकतम ८० कित्तासम्म शेयर प्राप्त गरेका थिए।

प्राथमिक सेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले स्थानीय बासिन्दाका लागि २ प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भएको हो। प्रभावितले तीन करोड ६ लाख रुपैयाँको सेयर प्राप्त गरिसकेका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post