प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार छैन् : रामचन्द्र पौडेल

 कोरखबर   २१ पौष, २०७७



पुष २१,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका छन् । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताए ।

संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’ उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’

संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । ‘लोकतन्त्रको लडाई लड्दा लड्दा चेतिसकेकाले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार राखेका छैनौं । आवश्यक पर्छ भने अदालतमा गएर बहस गर्न पनि तयार छौं’ उनले भने ।

संसद विघटन गरेर लोकतन्त्रमाथि छुरा प्रहार गर्ने र संविधान रछ्यानमा मिल्काउने दुश्प्रयास भएको भन्दै कांग्रेस नेता पौडेलले यसको डटेर विरोध गर्नुपर्ने बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post