तोलामा ४ सयले बढ्यो सुनको भाउ, कति छ आजको मुल्य ?

 कोरखबर   १७ पौष, २०७७



पुस १७, काठमाण्डौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post