पौष ९,काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता फागुन ११ देखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बुधबार प्रतियोगिताको मिति तय गरेको हो ।
कोरोना संक्रमण जोखिमका कारण गत चैत ५ मा प्रतियोगिता स्थगित गरिएको थियो । कोरोना संक्रमण घट्दै गएपछि एन्फाको लिग कमिटीले प्रतियोगितामा सहभागी हुने क्लबसँग छलफल गरेर लिग पुनःसञ्चालन गर्ने निर्णय गरेको हो।
लिग अघि सबै खेलाडीको कोरोना परीक्षण गरिने र लिग सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्ने निर्णय पनि कमिटीले गरेको छ । लिगका लागि ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब २ लाख रूपैयाँका दरले सहयोग उपलब्ध गराइने एन्फाले जनाएको छ ।