पुस तेस्रो साता बंगलादेशबाट युरिया मल नेपाल आइपुग्ने !

 कोरखबर   ३ पौष, २०७७


पुष ३, काठमाडौं । सरकारले बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ । सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले बिहीबार मल किन्ने सम्झौता गरेको थियो ।

मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी (प्रतीतपत्र) खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्छ,’ केसीले भने । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि उनले बताए ।

मल ल्याउन जेएन ट्रेड (यूएई) सँग ठेक्का सम्झौता भएको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउने कृषि सामाग्री कम्पनीले जनाएको छ । बंगालदेशबाट मल ल्याएपछि चैते धानदेखि मकैबालीसम्मका लागि अभाव नहुने कम्पनीले जनाएको छ ।

थप मल ल्याउन पनि ठेक्का लगाइसकेकाले आउँदो वर्ष नेपालमा मल अभाव नहुने कम्पनीको दाबी छ । बंगलादेशसँग सरकार–सरकारबीचको सम्झौता ९जीटुजी० प्रक्रियाबाट मल खरिद गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच बिहीबार सम्झौता भएको थियो ।

प्रतिटन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post