रासायनिक मल किन्न सरकारी टोली बंगलादेश जाँदै !

 कोरखबर   ३० मंसिर, २०७७



मंसिर ३०,काठमाडौं । बङ्गलादेशबाट रासायनिक मल खरिद गर्न नेपालको सरकारी टोली आज बङ्गलादेश जाने भएको छ ।

नेपाल र बंगलादेशका सरकारबीच (जिटुजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली बंगलादेश जान लागेको हो ।

कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बङ्गलादेश जान लागेको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले दिनुभयो ।

टोलीले बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव भोली पेश गरेर सम्झौता गर्ने पनि मन्त्रालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post