गौतमबुद्ध कप टी–२० क्रिकेटको फाइनल आज !

 कोरखबर   ३० मंसिर, २०७७



मंसिर ३०,काठमाडौं । ३ चितवनमा जारी गौतमबुद्ध कप टी–२० क्रिकेटको उपाधिका लागि राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा सहयोगका लागि आयोजना गरिएको खेलको उपधिका लागि राप्ती र नारायणी टिमबीच खेल हुने भएको हो ।

त्रिकोणात्मक शृंखलामा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० र १२ जना स्थानीय खेलाडीसमेत समावेश गरी तीन टोली बनाएर प्रतियोगिता गरिएकोमा लगातार २ खेल हारेर राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले कप्तानी गरेको बागमती टिम बाहिरिएसँगै नारायणी र राप्तीको उपाधि भेट निश्चित भएको हो ।

सोमबारको खेलमा नारायणीले राप्तीसँग १ विकेटको पराजय ब्यहोरेको थियो । राप्ती शृंखलाको अविजित टोली हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post