अलग्गै क्रान्तिको तयारीमा विप्लव समुह (भिडियो संवाद सहित )

 कोरखबर   ८ कार्तिक, २०७७



कार्तिक ८,काठमान्डौ । अघिल्लो वर्षको फागुन महिनामा केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले मुलधारको राजनितिमा प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा मुलधारको राजनितिबाट न्युट्लप्राय रह्यो । केहि समय आफ्ना गतिविधी ठप्पप्राय बनाएको विप्लव समुहले पछिल्लो समय आफ्ना गतिविधिलाई चुस्त पार्दै लगेको वुझिएको छ ।

 शशस्त्र द्धन्द्धको आधारशिला रुकुम लगाएतका विभिन्न ठाउँमा सो समुहले सैन्य गतिविधी चलाईरहेको समाचारहरु सार्वजनिक भईरहेका बेला सो समुहका एक जना केन्द्रिय सदस्यले विप्लव समुह क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । सो समुहका केन्द्रिय सदस्य सन्देश पौडेलले कोरखबरसंग कुरा गर्दै विप्लव नेतृत्वको  नेकपा अलग्गै क्रान्तीको तयारीमा रहेको बताएका हुन्  । उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचडको नेतृत्वमा भएको जनयुद्ध भन्दा फरक खालको क्रान्तिको तयारी गरिरहेको बताए ।

विप्लव समुहका केन्द्रिय सदस्य सन्देश पौडेलसंगको भिडियो संवाद

अहिलेको दलाल संसदिय पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर बैज्ञानिक समजाबादी व्यवस्था कायम गर्नका निम्ति फरक खालको क्रान्ति आवश्यक रहेको ठहर आफ्नो पाटीले गरेको र त्यसैअनुसार एकिकृत जनक्रान्तीको तयारीमा नेकपा रहेको उनले बताए । विप्लव नेतृत्वको नेकपा भुमिगत नभई जनताकै साथमा रहेर क्रान्तिको तयारी गरिरहेको पौडेलको भनाई छ । 

सशस्त्र जनयुद्ध भन्दा फरक,कस्तो खालको क्रान्तिको तयारी हो ? भन्ने प्रश्नमा नेता पौडेलले भने हामी शसस्त्र क्रान्तिको पक्षपाति हैनौ , हामी शान्तिपुर्ण तरिकाले नै हाम्रा असहमतीहरु राख्छौ यदि राज्यले नै दमन गरेमा भने हाम्रो क्रान्तिले सशस्त्र चरित्र धारण पनि गर्न सक्छ । हाम्रो क्रान्ति कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा राज्यको निति र व्यवहारले नै निक्र्योल गर्छ ।  नेता पौडेलले यदि सरकारले दमनको निति नलिएमा अवको क्रान्ति प्रचण्डको भुमिगत क्रान्ति भन्दा फरक तर जनताकै साथमा रहेर आँधिवेहेरी ल्याउने खालको क्रान्ति हुने बताए । 

अर्को फरक प्रसंगमा केन्द्रिय सदस्य पौडेलले प्रचण्डले हिजो जुन एजेन्डा बोकेर जनयुद्धमा होमिएका थिए आज त्यो उद्धेश्य छाडेर अन्तै मोडिएका कारण एक्लिनु पर्ने अवस्थामा पुगेको बताए । प्रचण्डले हिजोको लाईन छाडेपछि आज उनलाई हिजोको बर्ग र जनताले छाडेको दावी गर्दै उनले प्रचण्ड केपी ओलीको सहारा लिन पुगेको आरोप समेत लगाए । पदको लोभमा  प्रचण्डले दलालहरुसंग सम्झौता गरेको समेत उनको आरोप छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post