मोरङ - मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको ज्यान गएको छ । उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो ।
स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।
मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।