मेलम्ची पहिरो अपडेट : ५ शव निकालियो, दुई जनाको मात्रै पहिचान

 कोर खबर   १९ सावन, २०७७


१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको भने पहिचान हुन बाँकी छ ।

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति आएको पहिरोले पुरेको थियो ।

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उद्धार गरिएका साहको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागी उनलाई धुलिखेल ल्याउने तयारी भईरहे पनि बाटो अवरुद्ध भएका कारण समस्या भएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post