बिरामीको एम्बुलेन्समानै मृत्यु हुदाँ चालक सहित स्वास्थ्यकर्मी एम्बुलेन्स छोडेर फरार

 कोर खबर   १८ सावन, २०७७



काठमाडौँ। कोरोनाभाइरस संक्रमितलाई उपचारका लागी अस्पताल लग्दै गर्दा बाटोमा नै मुत्यु भएपछि एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी दुबै जना एम्बुलेन्स छोडेर भागेका छन । महामारीका कारण अहिले संसारभर मानिसमा डर र त्रास छाइरहेको छ। यस भाइरसको सन्त्रासका कारण मानिस एकअर्कालाई भेट्न र नजिक पर्न डराइरहेका छन्। यसैबीच भारतमा घटेको एक घटनाले भाइरसले निम्त्याएको एक संवेदनहीन समाजको परिचय दिएको छ।

भारतको बिहार राज्यस्थित सुपौलमा उपचारका लागि लगिएको कोरोना संक्रमितको मृत्यु भएपछि एम्बुलेन्सका चालक तथा स्वास्थ्यकर्मी गाडी छाडेर भागेका छन्। घटना बिहार राज्यको सुपौल जिल्लाको त्रिवेणीगंजको हो।

कोरोनाभाइरस संक्रमितलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएपछि एम्बुलेन्समा रहेका चालक तथा स्वास्थ्यकर्मी डरले गाडी छाडेर भागेका हुन्। संक्रमितको मृत्यु भएलगत्तै अस्पताल परिसरबाट एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी एम्बुलेन्स छाडेर भागेका थिए। घटनाको जानकारी दिँदै अनुमण्डलिय अस्पतालका सुपरिटेनडेन्ट आरपी सिन्हाका अनुसार कोरोना पीडितलाई छातापुर पीएचसीबाट यहाँ भर्ना गर्न ल्याइएको थियो।

बिरामीको एम्बुलेन्समा मृत्युभएपछि उनकी श्रीमती एम्बुलेन्समै बसेकी थिइन्, तर उनको उद्धार गर्न कोही पनि आएनन् । यसैगरी, कोरोना पीडितको मृत्युपछि अस्पताल परिसरमा त्रासको वातावरण रहेको थियो। सो घटनापछि त्रिवेणीगंज अस्पतालका प्रबन्धक प्रेम रंजनले मृतककी श्रीमतीलाई पनि कोरोना पोजिटिभ रहेको कारण उनलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post