कोरोना उपचारको क्रममा पाटन अस्पतालमा एक महिलाको मृत्यु

 कोर खबर   १६ सावन, २०७७


काठमाडौं । शक्रबार बिहान कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको छ। ६५ वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए। तराईबाट रिफर भएर उपचारका क्रममा उनी पाटन पुगेकी थिइन्। उनी उपचारका लागि साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।

बिहीबार साँझदेखि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी उच्च रक्तचापबाट पीडित रहेको डा।शर्माले बताए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post