बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

    १६ सावन, २०७७


चितवन — चितवनमा बिहिबार साझ बसले स्कुटरलाई ठक्कर दिदा  एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post