कोरोनाबाट अमेरिकामा एकै दिन १ हजार ५९२ को मृत्यु

    १४ सावन, २०७७


अमेरिका । मङ्गलबार अमेरीकामा कोरोनाको कारण एकै दिनमा १ हजार ५९२ जनाको मृत्युको जानकारी जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ। गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको  मानवीय क्षति गएको साढे दुई महिना यताको सबैभन्दा बढी भएको जनाइएको छ। 

स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका विश्वविद्यालयलले जनाएको छ। 
अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ। 

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन्। गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post