गायक सुगम पोखरेललाई पितृ शोक

 कोरखबर   ११ सावन, २०७७



काठमाण्डाै – सुप्रसिद्ध गायक सुगम पोखरेल र वरिष्ठ रङ्गकर्मी सुनील पोखरेललाई पितृ शोक परेको छ ।

पोखरेलका बुवा एकनाथ पोखरेलको शनिबार राति मोरङको मङ्गलबारेमा रहेको आफ्नै निवासमा निधन भएको हो । ८० वर्षका उहाँलाई दम, मधुमेहसँगै मुटुको पनि समस्या थियो ।

कलाकार सुनील पोखरेल नेपाली नाट्य क्षेत्रमा सुप्रसिद्ध नाम हो  । गुरुकुलका संस्थापक सुनील पोखरेल अभिनयमा सक्रिय हुनुहुन्छ हुने गायन क्षेत्रमा सुगम पोखरेलको छुट्टै पहिचान छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post