विदेशमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या १६१ पुग्यो

 कोरखबर   ११ सावन, २०७७



काठमाडौं- विदेशमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१ पुगेकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गत साता बेलायतमा थप एक जनाकाे मृत्यु भएसँगै  विदेशमा ज्यान गुमाउनेकाे संख्या १६१ पुगेकाे हाे। 

समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये  २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता संक्रमणदर केही बढेको छ।  यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post