काठमाडौं : लक डाउनको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेवालाई सुचारु राखेका छन् । अत्यावश्यक सेवा भित्र परेकाले पनि बैंक तथा वित्तीय संस्थाले सेवा जारी राखेका हुन् । यद्दपि, बैंक तथा वित्तीय संस्थाहरुले निश्चित शाखा निश्चित समयका लागि खुला गरेका छन् । हेरौं, बिहीबार (चैत २० गते) कुन–कुन बैंकले कुन–कुन शाखा खुला राखेका छन् :
प्रभु बैंकको ३८ वटा शाखा खुल्ने
बिहीबार प्रभु बैंकको ३८ शाखा खुल्ने छन् । बैंकले ७ वटै प्रदेशको निश्चित शाखा खुला राख्ने बैंकले जनाएको छ । निश्चित शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छ ।
हेरौं प्रभु बैंकको कुन–कुन शाखा खुल्ला रहनेछ :
माछापुच्छ्रे बैंकको ३८ शाखा खुल्ने
बिहीबार माछापुच्छ्रे बैंकको पनि ३८ शाखा खुल्ने छन् । बैंकले ७ वटै प्रदेशको निश्चित शाखा खुला राख्ने जानकारी दिएको छ । बैंकका अधिकांश शाखाहरु बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म खुला रहने छन् । केही शाखाहरु ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । जुम्लाको शाखा भने बिहान ८ बजेदेखि ९ बजेसम्म खुला रहने बैंकले बताएको छ ।
हेरौं, माछापुच्छ्रे बैंकको कुन–कुन शाखा खुला रहनेछ :
ग्लोबल आइएमई बैंकको ४४ वटा शाखा खुल्ने
चैत २० गते ग्लोबल आइएमई बैंकको ४४ वटा शाखा खुल्ने छन् । बैंकले ७ वटै प्रदेशको निश्चित शाखा खुला राख्ने बैंकले जनाएको छ । बैंकका अधिकांश शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । केही शाखाहरु १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छन् ।
हेरौं ग्लोबल आइएमई बैंकको कुन–कुन शाखा खुल्ला रहनेछ :
बैंक अफ काठमाडौंको १९ शाखा खुल्ने
बिहीबार बैंक अफ काठमाडौंको १९ शाखा खुला हुनेछन् । बैंकको अधिकांश शाखा बिहान ११ बजेदेखि १ बजे सम्म खुला रहनेछन् । नयाँ बनेश्वर र चाबहिलको शाखा १२ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।
हेरौं बैंक अफ काठमाडौंको कुन–कुन शाखा खुला हुन्छन् ः
एनएमबि बैंकको ३२ शाखा खुल्ने
चैत २० गते एनएमबि बैंकको ३२ शाखा खुला हुनेछन् । बैंकको सबै शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुनेछन् ।
हेरौं, बैंक एनएमबि बैंकको कुन–कुन शाखा खुला हुन्छन्
सनराइज बैंकको ४१ वटा शाखा खुल्ने
बिहीबार सनराइज बैंकको ४१ वटा शाखा खुल्ने छन् । बैंकले ७ वटै प्रदेशको निश्चित शाखा खुला राख्ने जनाएको छ । बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् ।
हेरौं बैंक सनराइज बैंकको कुन–कुन शाखा खुला हुन्छन् :
(नोट : यी बाहेक अन्य कपितय बैंक तथा वित्तीय संस्थाको शाखा पनि खुला हुनेछन् ।)