लकडाउन लक्षित आईएमई पे को बम्पर योजना सार्बजानिक

    २४ चैत, २०७६



आईएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । हालका लागि ‘आईएमई पे’ मोबाइल वालेट खातामा विभिन्न सुविधाहरूसहित वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा रहेको भन्दै कम्पनीले ‘आईएमई पे’ सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरूले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रूपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने जनाएको छ । यसका लागि सेवाग्राहीहरूले वालेटमा १ हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नुपर्ने छ ।
“अब सेवाग्राहीहरूले विदेशबाट पठाएको रकम ‘आईएमई पे’ एपभित्र रहेको रेमिटान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्ने भन्दै कमपनीले देशभरिका २५ हजारभन्दा बढी आईएमईका एजेन्टहरूबाट पनि वालेटमा रकम राख्न सकिने पनि जनायो । यसका अतिरिक्त ग्लोबल आईएमई बैंकलगायत अन्य विभिन्न बैंकहरूबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ तथ बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन, कम्पनीले बतायो । ‘आईएमई पे’ वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरूले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post